तपाईँ सुन्दै हुनुहुन्छः

गाउँमै चिया प्रशोधन : कृषकहरू दङ्ग

 

धनकुटा । धनकुटा जिल्लाको पाख्रिबास नगरपालीकामा चिया खेतीगर्ने किसानहरु यत्तिखेर औधी खुसी छन् ।

लामो समयदेखि चिया प्रशोधन उद्योग अभावको समस्या खेपिरहेका चिया किसानहरु पाख्रिवासमै चिया प्रशोधन उद्योग खुलेसँगै खुसी भएका हुन् ।

पाख्रिबास नगरपालिकामा करिब १५ सय रोपनि क्षेत्रफलमा चियाँ खेति हुँदै आएपनि यस अघि यहाँ चिया प्रसोधन उदोग स्थापना भएको थिएन । जसकारण जिल्लामा रहेको ठुला चियाँ उत्पादन उद्योगहरुले साना चिया कृषक उत्पादक किसानहरुलार्ई हरियो चिया पतिको उचित मूल्य नतिर्ने र समयमा चियाको पैसा समेत नदिने गर्दै आइरहेका थिए ।

कृषकहरुको समस्या साधान गर्न नगरपालिकाको राम्चे अर्गानिक चिया उत्पादन सहकारी संस्थाका कृषकहरुले २०७३ सालदेखि आफै चिया प्रसोधनका लागि उद्योग स्थापना गर्न जुटेका थिए ।
समस्या साधानका लागि २०७३ सालमा उन्ति प्रोजेक्टको ५० प्रतिशत अनुदान र कृषकहरुको ५० प्रतिशत लागानी गरि जम्मा ५१ लाखमा उद्योग स्थापनाको भवन निर्माण तथा मेसिन खरिद गरेर निर्माण कार्यलाई अगाडि बढाइएको थियो, राम्चे अर्गानिक चिया उत्पादन सहकारी संस्थाका अध्यक्ष मदन राईले बताउनुभयो ।

अर्थिक वर्ष २०७४/०७५ मा नगरपालिकाको ७ लाख र प्रतिनिधि सभा सदस्य राजेन्द्र राई बाट ४१ लाख बजेटबाट उद्योग वरिपरी तार घेराबार लगाउने र पर्खाल उठाउने काम सकेर २०७६ साल को साउन महिनादेखि उद्योग सुचारु गरिएको सहकारीका अध्यक्ष राईले जानकारी दिनुभयो । यो वर्ष हरियो चिया पति उत्पादनको अन्तिम समयमा चियाँ उद्योग सचारु गरिएकोले  ५ सय केजिमात्र चिया प्रसोधन गरी उत्पादन गरीएको र अर्को वर्षदेखि सबै कृषकको हरियो चियाँ पति टिप्ने योजनामा रहेको राईले बताउनुभयो ।

उहाँले उद्योगलाई थप व्यवस्थित रुपमा सञ्चालन गर्नका लागिे भवन भित्र मार्वलिङ र जेनेरेटर खरिद लगाएतका कामहरु बाँकि रहेको जानकारी दिनुभयो । यसका लागि थप १५ लाख खर्च लाग्ने भएकाले नगरपालिका, प्रदेश सरकार लगायतका निकायहरुसँग आर्थिक सहयोगको लागि पहल भइरहेको राईले बताउनुभयो ।

स्थापना गरिएको उद्योगमा दैनिक ५ हजार हरियो चिया पति प्रसोधन गर्न मिल्ने क्षमता रहेको सहकारीले जनाएको छ । याहाँ ग्रिन टि ,ह्वाइट टि , गोल्डेन टि लगाएतको अर्गानिक अर्थौडक्स चियाँ उत्पादन हुने गरेको छ ।

चिया प्रशोधनको समस्याका कारण ५–६ वर्षदेखि १ सय रोपनिमा लागाएको चियाबगान जंगल भइसकेपनि उद्योग स्थापना भएकाले यस वर्षदेखि काटछाँट गरेर पत्ती टिप्न सुरु गर्न थालेको कृषक तारा कार्कीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button