झापाको दमकमा मास्क उत्पादन सुरु

झापा । नेपालको छिमेकी मुलुक चीनबाट विश्वब्यापि रुपमा फैलिरहेको कोरोना भारस नियन्त्रण लक्षित गरेर झापाको दमकका मास्क उत्पादन सुरु भएको छ ।
नेपालको बजारहरुमा मास्कको अभाव भईरहदा दमकका महिलाहरुको सामाजिक संस्था सुन्दर समाज नेपालले यसको उत्पादन शुरु गरेको हो ।
समाजकी उपाध्यक्ष लक्की सिटौलालेका अनुसार दमक उद्योग वाणिज्य संघ दमकसँगको समन्वयमा दैनिक रुपमा छ जना महिलाहरुले मास्क उत्पादन गरिरहेकका छन् । दैनिक पाँच सय बढी मास्क उत्पादन गरिरहे पनि बजारमा माग उच्च रहेको उपाध्यक्ष सिटौलाले जानकारी दिनुभयो ।
दमकमा उत्पादन भएको मास्क होलसेलमा प्रतिगोटा १५ रुपैँयामा बिक्री भइरहेको बताईएको छ । व्यवसायीले सर्वसाधारणलाई २५ भन्दा बढी मूल्यमा बिक्री नगर्न उत्पादक संस्था सुन्दर समाज नेपालले आग्रह गरिरहेको संस्थाका पदाधिकारीहरुले जनाएका छन् ।
समाजबाट उत्पादित माक्स विपन्न परिवारलाई निःशुल्क उपलब्ध गराउने तथा माक्स बिक्रीबाट हुने नाफा बापतको रकम आश्रममा आश्रित विपन्न तथा अनाथ बालबालिका र ज्येष्ठ नागरिकको सहयोगमा खर्च गरिने समाजले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्