मुख्यमन्त्री राई र युरोपियन युनियनका राजदूतबीच भेटवार्ता

बिराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र युरोपियन युनियन डेलिगेशन नेपालका लागि राजदुत भेरोनिका कोडी(Veronica Cody) बीच आज भेटवार्ता भएको छ ।
बिराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटवार्तामा राजदूत कोडीले बहुक्षेत्रीय पोषण कार्यक्रमका बारेमा जानकारी गराउनु भएको थियो ।
राजदूत कोडीले नेपालका लागि सङ्घियता मुुलुुक बनाउने ठुुलो अवसर भएको बताउनु हँुदै यो लागु भएका देशहरुले बिकासमा फड्को मारेको बताउनुुभयो ।
सङ्घियता कार्यान्वयन, कर्मचारी समायोजन लगायतका विषयमा राजदूत कोडीले जिज्ञासा राख्नु हुँदै प्रदेश सरकारले गरेका कामहरुको प्रशंसा गर्नुका साथै डिजिटल प्रदेशको अवधारणा राम्रो रहेको बताउनुभयो ।
सो अवसरमा मुख्यमन्त्री राईलेपहिलो पटक अवलम्बन गरेको नेपालको संघियता मौलिकतामा आधारित रहेको बताउनुभयो ।
नेपाल विविधताले भरिएको देश हो, हामीले अवलम्बन गरेको सङ्घियता मौलिकतामा आधारित रहेकाले यसको कार्यान्वय सफल रुपमा भइरहेको उहाँले बताउनुुभयो ।
प्रदेश संरचना नयाँ रहको बताउँदै मुख्यमन्त्री राईले शुन्य संरचनाबाट सुरु भएर यो दुई वर्षमा महत्वपूर्ण आधारहरु तयार भएको जानकारी गराउनुभयो ।
उहाँले हाम्रा लागि गएको दुई बर्ष निकै महत्वपूर्ण रहेको भन्दै यो अवधिमा कानुन निर्माण र आवश्यक संरचनाहरु तयार भएका छन् भन्नुभयो ।
मुख्यमन्त्री राईले प्रदेश तहमा जनशक्ति अभाव रहेको बताउँदै प्रदेश लोकसेवा आयोग गठन भएकोले यो समस्या चाँडै समाधान हुने बताउनुभयो ।
उहाँले जनताका असिमित चाहना र सिमित स्रोतकाबीच काम गरिरहेको जानकारी गराउदै प्रदेश सरकारलाले ल्याएको पञ्चवर्षीय आवधिक योजना, १० बर्षे सडक गुरुयोजना सार्वजनिक गरिसकेको भेटवार्ताका क्रममा बताउनुभयो ।
मुख्यमन्त्री राईले साना सिँचाइ, सहरी विकास, पर्यटनको गुरुयोजना बनिरहेको जानकारी गराउदै ‘ चिफ मिनिस्टर ड्यास बोर्ड ’को काम भइरहेको बताउदै रुपान्तरणकारी योजनाहरुको सूची बनाउँदै लगानी सम्मेलन गर्न प्रदेश सरकारले तयारी गरिरहेको जानकारी गराउनुभयो ।
सामाजिक विकासमन्त्री जीवन घिमिरेले बालबालिका सम्बन्धि विधेयक प्रदेश सभामा पेश भएको चर्चा गर्दै उक्त विधेयकले वालबालिकाहरुको अधिकार सुनिश्चित हुने बताउनुभयो ।
प्रदेश योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेलले प्रदेशको अवस्था र आवधिक योजनाको बारेमा जानकारी गराउनुभएको थियो ।
भेटवार्तामा राजदूत कोडीसँग युनिसेफको नेपाल प्रतिनिधि इल्क बीच (Elke Wisch) लगायतका टोलीको उपस्थिति थियो ।








प्रतिक्रिया राख्नुहोस्