तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री स्वास्थ्य अवस्था सामान्य

काठमाडौ । प्रधानमन्त्री केपि शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको र सबै परीक्षणका नतिजाहरू सकारात्मक रहेको अस्पतालले जनाएको छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका कार्याकारी निर्देशक प्राध्यापक डा. प्रेमकृष्ण खड्काले आज एक विज्ञप्ती जारी गरी मृगौला प्रत्यारोपण पछाडि गर्नुपर्ने सबै परीक्षणहरू नियमित भईरहेको र परीक्षणका नतिजाहरू सामान्य र सुधारउन्मुख रहेको जानकारी दिनुभएको छ ।

प्रधानमन्त्री ओलीका सबै भाईटल तथा ल्याव सुचकहरू राम्रो रहेको र नियमित आहार लिईरहनुभएको विज्ञप्तीमा जनाईएको छ ।

प्रधानमन्त्री ओलीले नौ दिन आगडि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृगौला प्रत्यारोपण गराउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button