खल्ती र भोजद्वारा रणनीतिक साझेदारीको घोषणा
काठमाडौं । मोबाईल भुक्तानी सेवा प्रदायक खल्ती र अनलाईनबाट रेस्टुरेन्टहरुमा पाइने खाना अर्डर लिने र डेलिभरी गर्ने कम्पनी भोजले रणनीतिक साझेदारीको घोषणा गरेका छन् ।
यस साझेदारी पश्चात भोजमार्फत अनलाईन अर्डर गरेको खानाको पैसा खल्तीमार्फत मोबाईलबाटै तिर्न सकिने भएको छ ।
खल्तीका मर्चेन्ट एक्विजिशन हेड सचिन उदास र भोजका सहसंस्थापक निकेत अग्रवालले एक सम्झौतापत्रमा हस्ताक्षर गरेर उक्त साझेदारीको सुरुवात गरेका हुन् ।
उक्त सम्झौता समारोहमा खल्तीका सिनियर बिजनेस डेभलपमेन्ट अफिसर जोनाम भुर्तेल र भोजका बिजनेस डेभलपमेन्ट एक्जिक्युटिभ सन्तोष सिंह ठाकुरको समेत उपस्थिति रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्