तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री ओलीले थप केही दिन अस्पतालमै आराम गर्नुहुने

प्रधानमन्त्री के पि शर्मा ओलीले थप केही दिन अस्पतालमा नै आराम गर्नुहुने भएको छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले आज पत्रकार सम्मेलन गरी संक्रमणको जोखिम कम गर्न प्रधानमन्त्री ओलीलाई थप केही दिन अस्पतालमा नै राख्ने निर्णय भएको जानकारी दिएको हो ।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्थामा राम्रो सुधार भइरहेको र चाँडै नै डिस्चार्ज गर्ने लक्ष्य राखेको भएपनि सक्रमण नहुने सुनिश्चिता नहुँदासम्म डिस्चार्ज नगर्ने निर्णय भएको शल्यक्रियामा समेत सम्लग्न रहनुभएका प्रधानमन्त्रीका निजी चिकित्सक प्राध्यापक डा. दिव्यासिंह शाहले जानकारी दिनुभयो ।

एक साता अगाडि अर्थात गएको बुधबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृगौला प्रत्यारोपण गराउनुभएका प्रधानमन्त्री ओलीको परिवारका तर्फ बाट समेत थप केही दिन अस्पतालमा नै आराम गराउन आग्रह गरिएको प्राध्यापक डा. सिंहले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले अस्पतालबाट डिस्चार्ज भएको केही दिनभित्रै सचिवालयमा रहेर नियमित काम गर्न सक्नुहुने भएपनि भिडभाडमा जान र पूर्ण रूपमा सक्रिय हुन भने झण्डै ६ महिना लाग्ने प्रा. डा शाहले बताउनुभयो ।

शल्यक्रियाको पिडा कम गर्न, घाउ छिटो निको गराउन र निरन्तर सुतिरहँदा विरामीको मांशपेशीमा आउन सक्ने सिथिलता कम गर्न प्रधानमन्त्री ओलीलाई नियमीत हिड्डुल तथा विभिन्न व्यायाम र थेरापिहरू समेत गराईरहेको प्रधानमन्त्रीका निजी चिकित्सक प्रा. डा. शाहले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button