बी डिभिजन लिगः सातदोबाटो युथ क्लब शीर्ष स्थानमा
काठमाडौं । सातदोबाटो युथ क्लब सहिद स्मारक बी डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । लिगमा लगातार चौथो जित निकाल्ने क्रममा सातदोबाटोले पुल्चोक स्पोर्ट्स क्लबलाई १–० गोलले हरायो ।
एन्फा मैदानमा भएको खेलमा सातदोबाटोको जितमा भुवन बस्नेतको एकमात्र गोल निर्णायक बन्यो । पहिलो हाफ गोलरहित बराबरी भएको खेलको इन्जुरी समयमा भुवनले गोल गर्दै टिमलाइ तीन अंक दिलाए ।
जितसँगै सातदोबाटोले ४ खेलमा १२ अंक बनाएको छ । उसले यस अघि श्री कुमारी क्लब, नयाँ बस्ती युथ क्लब र टुसाल युथ क्लबलाई पराजित गरेको थियो ।
लगातार चौंथो हार ब्यहोरेको पुल्चोक अझै अंकविहीन छ । यो लिगको विजेता टिम ए डिभिजनमा उक्लने छ ।








प्रतिक्रिया राख्नुहोस्