लोकतान्त्रिक शक्तिका बीचमा एकता जरुरीः नेता कोईराला
जनकपुरधाम । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले संविधान, लोकतन्त्र र संघीयताको रक्षाका लागि लोकतान्त्रिक शक्तिहरुलाई एक ठाउँमा आउन आग्रह गर्नु भएको छ ।
जी पी कोईराला फाउन्डेशन प्रदेश नंं २ समितिले आज जनकपुरधाममा आयोजना गरेको गोष्ठीमा नेता डा. कोईरालाले लोकतान्त्रिक शक्तिहरु गोलबद्ध हुनुपर्ने खाचो औंल्याउनु भयो ।
उहाँले वर्तमान सरकारले मुलुकमा सुशासन दिन नसकेको तथा लोकतन्त्र एवं संघीयतालाई कमजोर बनाउने कार्यमा लागि परेको आरोप लगाउनु भयो ।
काँग्रेस नेत्री सुजाता कोईराला, नेपाली काँग्रेसका केन्द्रीय सदस्य रामकृष्ण यादव, राष्ट्रिय जनता पार्टीका वरिष्ठ उपाध्यक्ष वृषेशचन्द्र लाल लगायतका वक्ताले लोकतन्त्रको रक्षाका लागि लोकतान्त्रिक शक्तिका बीचमा वृहत मोर्चा बनाउन जरुरी रहेकामा जोड दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्