मनाङ मर्स्याङ्दी क्लब आहा रारा गोल्डकपको सेमिफाइनलमा
पोखरा । अन्जन विष्टको निर्णायक गोलमा मनाङ मर्स्याङ्दी क्लब आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार पोखरा रंगशालामा भएको खेलमा मनाङले झापा–११ फुटबल क्लबलाई १–० ले पराजित गरेको हो । अन्तिम चारमा मनाङले अब त्रिभुवन आर्मी क्लब र संकटा क्लबबीच खेलको विजेतासँग खेल्नेछ ।
प्रतियोगिता अन्तर्गत सोमबार तेस्रो क्वाटरफाइनलमा थ्री स्टार क्लबले भारतको गान्तोक फुटबल क्लबसँग खेल्नेछ ।








प्रतिक्रिया राख्नुहोस्