तपाईँ सुन्दै हुनुहुन्छः

आइसीसी महिला टी २० विश्वकपको उपाधि अष्ट्रेलियालाई

आइसीसी महिला टी २० विश्वकपको उपाधि अष्ट्रेलियाले जितेको छ ।

फाइनलमा पहिलो पटक फाइनल खेलेको भारतलाई ८५ रनले हराउँदै अष्ट्रेलियाले पाँचौ पटक महिला टी २० विश्वकपको उपाधि उचाल्न सफल भयो ।

मेलबर्न क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा चार विकेट गुमाउँदै एक सय ८४ रन बनायो । जवाफमा भारत १९ ओभर एक बलमा ९९ रनमा समेटियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button