तपाईँ सुन्दै हुनुहुन्छः

झापा ११ आहा रारा गोल्डकपको क्वाटरफाइनलमा

पोखरा । झापा ११ पोखरामा जारी आहा रारा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा शुक्रबार भएको खेलमा झापा ११ ले विभागीय टिम एपीएफलाई टाइब्रेकरमा पाँच चार गोलले हराउँदै अन्तिम आठमा स्थान बनायो ।

दुबै टिमले निर्धारित ९० मिनेट र अतिरीक्त थपिएको समयमा बराबरी खेले । त्यसो त एपीएफले पाएको पेनाल्टीलाई गुमाउन पुग्यो । नविन लामाको प्रहारलाई झापाका गोलकिपरले बचाए ।

निर्धारित ९० मिनेट र थपिएको अतिरिक्त समयको पहिलो हाफ गोलरहित बराबरी भएको थियो । तर अतिरिक्त समयको दोस्रो हाफमा झापाले खेलमा अग्रता बनायो । उसका लागि सुनील खड्काले उत्कृष्ट गोल गरे ।

तर अतिरिक्त समयको अन्तिममा एपीएफले खेल बराबरी गर्न सफल भयो । उसका आकाश बुढामगरले दुई पटकको प्रयासमा गोल गर्दैै खेल बराबरी गर्न सफल भए ।

त्यसपछि खेल टाइब्रेकरमा धकेलियो । जसमा एपीएफका लागि नविन लामा, राजिव र राजु नगरकोटीले गोल गरे भने सुदिप सिर्खाकारको प्रहार झापाका गोलकिपर राजकुमार लिम्बुले बचाए । झापाका लागि हेमन्त थापामगर, मौसम, प्रमोद चौधरी, विशाल घर्ती र सञ्जित राईले गोल गर्न सफल भए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button