तपाईँ सुन्दै हुनुहुन्छः

कमल गाउँपालिकाका आगलागि पिडितलाई ग्यास सिलिण्डसहित राहत सामाग्री वितरण

झापा । झापाको कमल गाँउपालिका ५ स्थित मंगलबारे बजारका आगलागी पीडित चार परिवारलाई आज लायन्स क्लव लखनपुरले ग्यास सिलिण्डर सहितको चुल्हासेट राहत सामाग्री वितरण गरेको छ ।

क्लबले पीडित परिवारलाई आवश्यकतामा आधारित राहत सामग्री प्रदान गरेको क्लवका अध्यक्ष ज्ञानु पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार अस्ति बुधबार साँझ भएको आगलागीका कारण पीडित स्थानीयहरु कृष्णमाया लिम्बु, रुक्मनी ताजपुरिया, पार्वता राजवंशी र चुड्की मर्डीको परिवार मध्ये तीन परिवारलाई सिलिण्डर ग्याँस, चुल्होका साथै कराई, भाँडाकुँडा आदि भान्सामा आवश्यक सामानहरु उपलब्ध गराएको हो भने एक परिवारलाई अन्य जिन्सी तथा नगद प्रदान गरिएको हो ।

जहाँ आवश्यकता त्यहाँ लायन्स भन्ने लायन्स क्लव इन्टरनेशनलको नारालाई सार्थक बनाउँदै क्लबले पीडित परिवारलाई घट्नास्थलमा पुगेर राहत सामाग्री प्रदान गरिएको अध्यक्ष पोैडेलले बताउनुभयो ।

कमल ५ का वडाध्यक्ष डम्बर बहादुर निरौला, लायन्स क्लबका जोन चियर पर्सन धर्मानन्द भट्टराई, नेपाल रेडक्रस सोसाइटी लखनपुर उपशाखा सभापति चन्द्र साह लगायतको बिशेष उपस्थितीमा सो राहत सामग्री प्रदान गरेको गरिएको थियो ।

बुधबार साँझ स्थानीय कृष्णमाया लिम्बुको घरमा भएको आगलागीका कारण सो घर र घरमा व्यवसाय सञ्चालन गर्ने तथा बसोबास गर्ने अन्य तीन परिवारको करीब ५० लाख भन्दा बढीको क्षति भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button