पाल्पामा ट्रिपरले मोटरसाईकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

पाल्पा । ट्रिपरको ठक्करबाट पाल्पामा एक जनाको ज्यान गएको छ भने एक घाईते भएका छन् । तानसेन ७ लामीडाँडाँमा ट्रिपरले मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकलमा पछाडि सवार तानसेन ७ कि ५५ वर्षिया मधु श्रेष्ठको मृत्यु भएको छ ।
लु ७ प ४३४ नम्बरका मोटरसाईकल चालक हिमाल प्रसाद श्रेष्ठ गंभिर घाईते हुनुभएको छ । उहाँको लुम्बिनी मेडिकल कलेज,प्रभासमा उपचार भइरहेको छ ।
तानसेनबाट बुटवल जाँदै गरेको लु ७ प ४३४ नँबरको मोटरसाईकललाई सोही दिशामा गएको लु २ ख ३१७८ नम्बरको ट्रिपरले ठक्कर दिएको हो ।
ट्रिपर र चालकलाई नियन्त्रणमा लिएर घटनाको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्