अन्तशुल्क, भ्याट छलि गरेको आशंकामा दुई सय बढि व्यवसायिक फार्म तथा कम्पनी अनुसन्धानमा

काठमाडौँ । नक्कली मूल्य अभिवृद्धि ,कर बिल बनाई अनधिकृत कारोवार गरेको पाएपछि राजश्व अनुसन्धान विभागले एक सय ३० व्यवसायिक फार्म तथा कम्पनीलाई सात दिनभित्र उपस्थित हुन आग्रह गरेको छ ।
विभागले आज एक सूचनामार्फत त्यस्ता व्यवसायीलाई उपस्थित हुन आग्रह गरेको हो । विभागले नक्कली भ्याट बिल र अन्तःशुल्क छली गरेको अभियोगमा २०० भन्दाबढी व्यावसायिक फार्म तथा कम्पनीमाथि अनुसन्धान गरिरहेको छ ।
विभागका महानिर्देशक दीर्घराज मैनालीले पटकपटक सम्पर्कमा आउन गरिएको आग्रहलाई व्यावसायिक फार्म तथा प्रतिष्ठानले अटेर गरेकाले उनीहरूलाई सार्वजनिक सूचनामार्फत उपस्थित हुन आग्रह गरिएको जानकारी दिनुभयो ।
विभागले भ्याट बिल छली तथा अन्तःशुल्कमा समेत गैरकानूनीरूपमा छली गरेको पाइएकाले सार्वजनिक रूपमा नै उनीहरूलाई उपस्थित हुन भनेको महानिर्देशक मैनालीको जानकारी दिनुभयो ।
आज प्रकाशित सूचनामा ती व्यावसायिक फार्म तथा व्यापारिक प्रतिष्ठान सम्पर्कमा नरहेको र ती संस्थामा काम गर्ने व्यक्ति तथा मजदूरका नाममा बैंक खाता खोलेको पाइएको विभागले जनाएको छ ।
उनीहरूलाई विभागले पटकपटक सम्पर्कमा आउन आग्रह गर्दासमेत अटेर गरिएको जनाइएको छ । विभागले ती फार्म अनुसन्धानको प्रक्रियामा रहेको बताएको छ ।








प्रतिक्रिया राख्नुहोस्