एभरेष्ट प्रिमियर लिग ईपिएल अनिश्चित कालका लागि स्थगित

काठमाडौं – आगमी संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) कोरोना भाइरस्को कारण अनिश्चित समयको लागि स्थगित भएको छ ।
इपिएलका प्रमुख अमिर अख्तरले एक कार्यक्रम गर्दै कोरोना भाइरसको कारण स्थगित भएको जनाएका छन । इपिएल चैत १ देखि १५ गते सम्म हुँदै थियो ।
इपिएलका प्रबन्ध निर्देशक आमिर अख्तरले भने,‘इपिएलमा साविक विजेता ललिपुर प्याट्रियट्स, काठमाडौं, किंग्स इभाभेन, विराटनगर वारियर्स, चितवन टाइगर्स, पोखरा राइनोज र भैरहवा ग्लाडियटर्स गरि ६ टोली छन् ।
यस पटक इपिएलमा पोखरा राइनोजले वेस्ट इन्डिजका विश्फोटक ब्याट्सम्यान क्रिस गेल, केसरिक विलियम्स र स्कटल्याण्डका ओपनर जर्ज मुन्शेलाई अनुबन्ध भएका थिए । भैरहवा ग्ल्याडियटर्सले वेस्ट इन्डिजका ड्वेन स्मिथ, ललितपुर प्याट्रीयट्सले पाकिस्तानका हमाद हसन, हसन खान, मिर हाम्जा र श्रीलंका उपुल थरंगालाई टोलीमा भित्र्याएको थियो ।
काठमाडौं किंस ११ ले केभीन ओ ब्रायनको नाम सार्वजनिक गर्दा अन्य विदेशी खेलाडीको नाम सार्वजनिक गरेको छैन । चितवन टाइगर्समा अफगानिस्तानका मोहम्मद शाहजाद, पल स्टिर्लिङ खेल्ने पक्का भएको छ । पारस खड्का कप्तान रहेको विराटनगर वारियर्सले भने कुनै विदेशी खेलाडीको नाम सार्वजनिक गरेको थिएन ।









प्रतिक्रिया राख्नुहोस्