तपाईँ सुन्दै हुनुहुन्छः

सार्वजनिक स्थानहरुमा धेरै भिडभाड, भेला, जमघट, तथा मेला महोत्सव नगर्न डोटी प्रशासनको आग्रह

डोटी । चीनबाट सुरु भएको नोवल कोरोना भाईरसको संक्रमण विश्वभरमा नै फैलिरहेको अवस्थालाई मध्यनजर गर्दै नेपाल पनि सर्न सक्ने उच्च जोखिममा रहेको भन्दै जिल्ला प्रशासन कार्यालयले जनहितका लागि सूचना जारी गरेको छ ।

डोटीका प्रमुख जिल्ला अधिकारी टेक नारायण पौडेलको हस्ताक्षर रहेका उक्त सूचनामा जिल्लाभित्र सार्वजनिक स्थानहरुमा धेरै भिडभाड, भेला, जमघट, तथा मेला महोत्सव जस्ता कार्यक्रमहरु नगर्न नगराउनका लागि अनुरोध गरिएको छ ।

त्यस्तै स्वास्थ्य अवस्थाका बारेमा अग्रिम सतर्कता अपनाउन सरोकारवालाहरुका साथै आम नागरिकलाई आग्रह गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button