भोजपुरमा पनि एनएसीको टिकट अब अनलाइनबाट

भोजपुर । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (एनएसी)ले भोजपुरमा पनि अनलाइन टिकट बुकिङ सुरु गरेको छ ।
अब अनलाइनबाट टिकट बुकिङ शुरु भएपछि एनएसीको टिकट लिन निगमकै कार्यालय धाउनु पर्ने बाध्यता समेत हटेको छ ।
भोजपुरको टक्सारमा रहेको एक मात्र बिमानस्थलमा नेपाल बायु सेवा निगमको जहाजले मात्र काठमाडाँैका लागि हप्तामा पाँच उडान भर्दै आईरहेको छ ।
बिराटनगरको उडान महिनाँै अगाडीबाट बन्द छ । निगमका भोजपुर स्टेशन प्रमुख दिनेश सुन्दासले भोजपुर काठमाडौँका लागि अब अनलाइन टिकट बुकिङ शुरु गरिएको बताउनुभयो । मंगबार र शनिबार बाहेक अन्य दिन भोजपुर काठमाडौँ उडान हुने गरेको छ ।
अनलाइन टिकट बुकिङ सिस्टम सुरु भएसँगै वायु सेवा निगमको सेवा प्रवाहमा समेत नयाँ फड्को मार्ने निगमले जनाएको छ ।
अनलाइन र इ–सेवामार्फत बुक गरिएको टिकट मोबाइलमा नोटिफिकेशनसहित आउने छ । जसलाई प्रिन्ट गरेर यात्रामा जाँदा प्रयोग गर्न सकिने छ ।
अन्य उडान कम्पनीले यस अघि नै ई–टिकेटिङ् सिष्टम लागू गरिसके पनि एनएसीले भने आन्तरिक तर्फको उडानका लागि कार्यालयको काउन्टरबाट नै टिकट बिक्री गर्दै आईरहेको थियो ।







प्रतिक्रिया राख्नुहोस्