तपाईँ सुन्दै हुनुहुन्छः

सुधार हुँदै प्रधानमन्त्रीको स्वास्थ्य : तरल पदार्थ खान दिइयो

फाइल फोटो

काठमाडौं । दोस्रो पटक हिजो मिर्गौला प्रत्यारोपण गर्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार भईरहेको छ ।

प्रधानमन्त्रीलाई आज चिकित्सकहरुले तरल पदार्थ खान दिएको र मिर्गौला प्रत्यारोपण गर्न अघि चिकित्सकहरुले बनाएको पूर्व योजना अनुसार नै प्रधानमन्त्रीको स्वास्थ्य अवस्थामा सुधार भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले डाक्टर प्रेम ज्ञवालीलाई उद्धृत गर्दै जानकारी दिनुभयो ।

प्रधानमन्त्रीलाई अहिले त्रिवि शिक्षण अस्पतालको कलेजो प्रत्यारोपण युनिटको आइसियुमा राखिएको छ । प्रत्यारोपणपछि डा. अनिल श्रेष्ठ, डा. सुवास आचार्य लगायतको समूहले प्रधानमन्त्री ओलीको विशेष निगरानी गरिरहनु भएको छ ।

प्रधानमन्त्री ओलीको बुधबार दिउँसो ४ घण्टा ४५ मिनेट लगाएर मृगौला प्रत्यारोपण गरिएको थियो । उहाँलाई भान्जी नाता पर्ने ३२ वर्षीया समीक्षा संग्रौला ज्ञवालीले मृगौला दिनुभएको हो । मृगौला दान गर्नुभएकी समीक्षाको स्वास्थ्यमा समेत सुधार भइरहेको चिकित्सकले जनाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button