कांग्रेसद्वारा तत्कालका लागि पार्टीका सबै कार्यक्रमहरु स्थगित, गाउँसम्म सतर्कता अभियान

काठमाडौँ। नेपाली कांग्रेसले पार्टी एवं पार्टीसँग आवद्ध संस्थाहरुका सबै तहका ठूला भेला, सम्मेलन र सभा लगायतका कार्यक्रम स्थगित गर्ने जनाएको छ ।
पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनपछि एक विज्ञप्ती जारी गर्दै पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले विश्वव्यापी रुपमा संक्रमण फैलिइरहेको कोरोना भाइरसका कारण अर्को सूचना नगरिएसम्म पार्टीका सबै ठूला कार्यक्रम स्थगित गरिएको जानकारी दिनुभयो ।
तर पार्टीको १४औं महाधिवेशन तयारीका आन्तरिक कार्यक्रमहरु पार्टी समायोजन एवं क्रियाशील सदस्यता नवीकरण र वितरण कार्यक्रम भने जारी रहने विज्ञप्तीमा उल्लेख छ ।
कोरोना संक्रमणका बारेमा ‘शहरदेखि गाउँसम्म र गाउँ, टोल हुँदै घरघरसम्म’ सतर्कता र चेतनाको अभियान पार्टी र आवद्ध संस्थाहरुमार्फत अघि बढाइने कांग्रेसले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्