तपाईँ सुन्दै हुनुहुन्छः

नवनियुक्त अर्थमन्त्री खतिवडाद्वारा अर्थ मन्त्रालयमा पदबहाली


फाइल तस्बिर

काठमाडौँ । नवनियुक्त अर्थमन्त्री डा.युवराज खतिवडाले आज अपरान्ह अर्थ मन्त्रालयमा पदबहाली गर्नु भएको छ ।

पदबहालीपछि सञ्चारकर्मीहरुसँग छोटो कुराकानी गर्दै अर्थमन्त्री खतिवडाले बजेट निर्माण, आर्थिक नीतिहरु अगाडि बढाउने सन्दर्भमा विकास प्रशासन, सामाजिक न्याय, समानताको लडाई लड्ने आफू एउटा योद्दा भएकोले यस क्षेत्रको सुधारलाई निरन्तर रुपमा अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

अर्थ मन्त्री खतिवडाले विकास र गरिवी विरुद्धको लडाइँमा लागेको आफू जुन बेलासम्म कमाण्डरले फर्किएर आउ भन्दैन तबसम्म मुलुकको गरिबी, अभाव र समानताका लागि लडिरहेने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

अर्थमन्त्री खतिवडाले मुलुकको अर्थतन्त्रमा पछिल्लो समय नयाँ चुनौतीहरु देखा परेकाले ती समस्याहरुका बिरुद्ध हामी सम्पूर्ण नेपाली मिलेर अघि बढनु आवश्यक भएको पनि बताउनुभयो ।

त्यस लगतै अर्थ मन्त्रालयमा नै कर्मचारीहरुलाई निर्देशन दिदै अर्थमन्त्री खतिवडाले आपूले मुलुकमा वयवसायिक वातावरण सुधारका लागि काम गर्ने प्रतिवद्धता पनि जनाउनुभयो ।

अर्थमन्त्री खतिवडाले आर्थिक सुधारका कामलाई पनि सरकारले निरन्तर रुपमा अघि बढाउने पनि उल्लेख गर्नुभयो ।

कार्यक्रममा अर्थ सचिव शिशिर ढुड.गानाले अर्थमन्त्रीलाई स्वागत गर्दै उहाँको कार्यकालमा मन्त्रालयले अझ नतिजामुखि काम गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button