हुम्लामा कोरोनाको शंकापछि चिकित्सकको टोली पठाइयो

जुम्ला । चीनको वुहान प्रान्तबाट फैलिएको कोराना भाईरसको त्रास कर्णालीमा बढ्दै गएको छ । हुम्ला जिल्लामा चीनबाट भागेर आएका एक नागरिकलाई कोरोना भएको हुन सक्ने शंकापछि हुम्लाबासी त्रसित भएका छन् ।
हुम्लामा कोरोना संक्रमणको बिषय बाहिर आएपछि अबस्था बुझ्न जुम्लाबाट चिकित्सकको टोली हुम्लाका लागि खटाईएको छ ।
डाक्टर अशोक गौतमसहितको तीन जनाको टोलीलाई हुम्लाको अबस्था बुझ्नका लागि पठाइएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्देशक डाक्टर मंगल रावलले जानकारी दिनुभयो ।
गत साता चीनको सिमाना नजिकैबाट हुम्ला आएका सिमकोट गाउँपालिका ३ का लामा थर गरेका व्यक्तिलाई कोरोना हुन सक्ने शंकापछि हुम्लाबासी त्रसित भएका हुन् ।
उनलाई हालसम्म स्वास्थ्य संस्थाकै निगरानीमै राखिएपनि भाईरल ज्वरो फैलिएकाले अबस्था बुझ्न चिकित्सकको टोली आजै जुम्लाबाट हुम्ला गएको छ ।
चीनबाट उनि एक व्यक्ति एकाएक आईसकेपछि हुम्लामा कोरोनाको त्रास बढेपछि प्रतिष्ठानले जुम्लाबाट चिकित्सकको टोली पठाएको रजिष्टार विश्वराज काफ्लले बताउनुभयो ।
कर्णालीका चार नाकामा कोरोना चेकजाँच स्थल
कारोनाको त्रास बढ्दै गएपछि कर्णालीका चार स्थानमा चेकजाँच स्थल राखिएको छ ।
चीनसँग सीमा जोडिएको हुम्लाको हिल्सा, ५ नम्बर प्रदेशसँग जोडिएको बबई, दाङबाट भित्रिने सल्यानको कपुरकोट र काठमाडौंबाट मानिसहरू भित्रिने सुर्खेत विमानस्थलमा गरी चार स्थानमा चेकजाँच गर्न हेल्थडेस्क राख्ने कर्णाली सरकारको तयारी छ ।
जुम्ला पुगेका कर्णालीका आन्तरिक मालिा तथा कानुन मन्त्री नरेश भण्डारीले कर्णालीका हरेक विमानस्थलदेखि नाका नाकामा क्वाईन्टाईन राख्ने तयारी भएको बताउनुभयो ।
प्रतिष्ठानदेखि प्रहरी प्रशासनलाई कोरोनाबाट बच्न पूर्व तयारीमा जुट्न समेत निर्देशन दिनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्