बुटवलबाट गुल्मी जाँदै गरेको जीप पाल्पाको अर्गेलीमा दुर्घटना, एकको मृत्यु, १० जना घाइते

पाल्पा । बुटवलबाट गुल्मी जाँदै गरेको लु १ ख १४२८ नम्बरको जीप पाल्पाको अर्गेलीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छ्न ।
मृत्यु हुनेमा रुपन्देही सैनामैना १ की ५५ बर्षिय धनकली बिक सुनार रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख दिपेन्द्र जिसीले जानकारी दिनुभयो ।
घाइते हुनेमा रुपन्देही सैनामैना १ का सुरेश बिक ,रोशन बिक, सुबास बिक, र निना बिक गुल्मी चन्द्रकोट –५ का राम बहादुर थापा, गोर्खा भिमसेन नगरपालिका ८ का मुना भट्ट रुपन्देहि देबदह –१० कि मनमाया सुनार, बाग्लुङ गल्कोट –८ कि जोनु सुनार रुपन्देही सैनामैना १ का पदम सुनार र बाग्लुङ बरेङ ५ का रेशम सुनार रहेका छन् ।
जीप सडकको भित्तामा ठोकिँदा दुर्घटना भएको हो । घाइतेहरुको तानसेन स्थिति लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ ।
दुर्घटनाको कारण पत्ता लागि नसकेको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।






प्रतिक्रिया राख्नुहोस्