यशोधरा गाउँपालिकाको गौरी स्वास्थ्य चौकीमा आजदेखि प्रयोगशाला (ल्याब) सेवा सुरु

कपिल्बस्तु । कपिल्बस्तु यशोधरा गाउँपालिकाको वडा न.२ स्थित गौरी स्वास्थ्य चौकीमा आजदेखि प्रयोगशाला (ल्याब) सेवा सुरु भएको छ ।
प्रयोगशाला (ल्याब) सेवाको यशोधरा गाउँपालिका अध्यक्ष गिरजेश कुमार पाण्डेय, जिल्ला जनस्वास्थ्यका बरिष्ठ जनस्वास्थ्य प्रशासक योगेन्द्र प्रसाद भगत, जिल्ला समन्वय समितिका सदस्य अनुप कुमार पाण्डेय, वडा न २ का अध्यक्ष अब्दुल रसिद मुसलमान, वडा न ३ का अध्यक्ष सरिता त्रिपाठी, वडा ६ का अध्यक्ष श्याम नारायण उपाध्याय लगायतले शुभारंभ गर्नु भएको हो ।
प्रयोगशाला (ल्याब) सेवामा मलेरिया, यूरिन लगायतको परीक्षणा तथा जाँच सेवा उपलब्ध रहेको यशोधरा गाउँपालिकाका स्वास्थ्य संयोजक ज्योति प्रकाश दूबेले जानकारी दिनुभयो ।
उद्घाटन कार्यक्रममा मन्तव्य व्यक्त गर्दै गाउँपालिका अध्यक्ष गिरजेश कुमार पाण्डेयले आगामी दिनमा गाउँपालिकाको प्रत्येक वडामा स्वास्थ्य सेवालाइ अझै प्रभावकारी बनाउन पहल गर्ने बताउनुभयो । उहाँले सरसफाइको अभावमा विभिन्न किसिमका रोग लग्ने भएकाले सरसफाइमा सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा बरिष्ठ जनस्वास्थ्य प्रशासक योगेन्द्र प्रसाद भगतले रोगबाट बचन शारीरिक सरसफाइ, उचित खानपान र वरीपरीको सरसफाइमा ध्यान दिन सुझाव दिनुभयो ।
वडा न ६ का अध्यक्ष श्याम नारायण उपाध्यायले गाउँपालिकामा क्रमिक रुपमा हरेक क्षेत्रमा सुधार भइरहेको र आगामी दिनमा बाटोघाटोसँगै स्वास्थ्य शिक्षालाई बढी प्राथमिकतामा राखेर आफूहरु काम गर्ने बताउनुभयो ।
समारोहमा प्रयोगशाला ल्याब स्थापनामा योगदान दिनुहुने बिभिन्न महानुभावलाई कदरपत्रसहित सम्मान गरिएको थियो ।







प्रतिक्रिया राख्नुहोस्