काँग्रेसका सभापति देउवाद्वारा प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना

धनगढी । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मृगौला प्रत्यारोपणका लागि अस्पताल भर्ना हुनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।
धनगढीस्थित नीजि निवासमा आज आयोजित पत्रकार सम्मेलनमा सभापति देउवाले प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गर्नुभएको हो ।
सञ्चारक्रर्मीको जिज्ञासामा सभापति देउवाले एमसीसीले मुलुकमा धेरै आर्थिक लाभ हुने भएकाले एमसीसी पारित गरिनु पर्ने बताउनुभयो ।
सभापति देउवाले विश्वभर फैलिदै गएको कोराना भाइसको सम्भावित जोखिमलाई दृष्ट्रिगत गरी अहिले देखि उच्च सतर्कता अपनाउन जरुरी रहेको बताउनुभयो ।
सभापति देउवाले पछिल्लो समय भष्ट्राचार बढ्दै गएको उल्लेख गर्दै बिकास र समृद्धिका लागि चुनौति देखिएको भष्ट्राचारका बिरुद्ध कांग्रेसले आवाज उठाइरहेको बताउनुभयो ।
उहाँले सुदूरपश्चिम प्रदेशको समृद्धिसँग जोडिएका पश्चिमसेती, पंचेश्वर जलविद्युत आयोजना, दोधाराचादनी सुख्खा बन्दरगाह, गौरीफन्टा नाकासहितका दिर्घकालिन योजनालाई कार्यान्वयनका लागि प्राथामिकता दिइनु पर्ने बताउनुभयो ।
सञ्चारक्रर्मीको अर्को जिज्ञासामा सभापति देउवाले पार्टी एकताबद्ध भएर अघि बढीरहेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्