तपाईँ सुन्दै हुनुहुन्छः

सहायता कक्षबाट १७ दिनमा तीन सय बढीको स्वास्थ्य परिक्षण

दार्चुला । भारतसँग सीमा जोडिएको दार्चुुला सदरमुकामको पुलघाटमा स्थापना गरिएको सहायता कक्षबाट तीन सय बढीको स्वास्थ्य परिक्षण गरिएको छ ।

वर्तमान समयमा फौलिएको कोराना भाईरसको नियन्त्रणको लागि स्थापना गरिएको कक्षबाट स्थापनाको १७ दिन आज सोमबार सम्म तीन सय ११ जनाको स्वास्थ्य परिक्षण गरिएको हो ।

भारतबाट नेपाल आउने व्यक्तिको स्वास्थ्य परिक्षण कार्य जारी रहेको स्वास्थ्य कार्यालय दार्चुलाका जनस्वास्थ्य अधिकृत जय राज भट्टले बताउनुभयो । रोजगारीको लागि भारत गएका व्यक्तिहरु दैनिक १५ देखि ३० सम्मको हराहारीमा भारतबाट नेपाल भित्रिने गर्दछन् ।

फागुन २ गते स्थापना गरिएको सहायता कक्षमा परिक्षणका क्रममा अहिलेसम्म कुनै पनि व्यक्तिमा कोरोनाको संकेत नभेट्एिको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

कोरोना भाईरसको बारेमा सचेतना फैलाउन र भारतबाट आउने नागरिकहरुको स्वास्थ्य परीक्षणका लागि सहायता कक्ष स्थापना गरि सञ्चालन गरेको सहायता कक्षमा कार्यरत अनमी हिरा विष्टले बताउनुभयो ।

सहायता कक्षमा भारतबाट फर्किने नागरिकहरुको इन्फ्रारेड थम्रामिटरले ज्वरो मापन गर्ने गरिएको छ ।

साथै दुई हप्ता अघिसम्म चीन गए नगएको बारेमा सोधपुछ गर्ने, रुघाखोकी लागे नलागेको बारेमा जानकारी लिने र कोही व्यक्तिमा शंंका लागेमा जिल्ला अस्पतालमा रहेको अलगै कोठामा राखी उपचार गर्ने स्वाथ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button