तपाईँ सुन्दै हुनुहुन्छः

झापामा बिद्यार्थीद्वारा खाद्य परिकार महोत्सवको आयोजना

भद्रपुर, झापा । बिद्यार्थीको काम पढ्ने मात्र हो भन्ने सोचलाई बदल्दै झापाको भद्रपुरस्थित एक बिद्यालयका बिद्यार्थीहरुले खाद्य परिकार महोत्सव आयोजना गरेर अभिभावकहरुलाई आफैंले बनाएका खाद्य परिकार चखाएका छन् ।

भद्रपुर–९ स्थित प्रज्ञा एकेडेमीका ८ देखि ११ कक्षासम्मका बिद्यार्थीले व्यवहारिक शिक्षा अन्तर्गत विद्यालय परिसरमा खाद्य परिकार महोत्सव गरी पाककलामा आफ्नो क्षमता प्रदर्शन गरेका हुन् ।

शनिबार बिदाको दिनलाई सदुपयोग गर्दै बिद्यार्थीले आफैंले बनाएका ११ किसिमका खाद्य परिकारको स्टल राखेका थिए ।

महोत्सवमा सेल रोटी, चिया–कफी, चना–चटपटे, ममलगायत बिभिन्न मासुका परिकारको स्टल थियो । महोत्सवमा विद्यार्थी, शिक्षक र अभिभावकको बाक्लो उपस्थिति रहेको थियो ।

प्रज्ञा एकाडेमी बाल क्लव र बाल कल्याण कोषको संयुक्त आयोजनामा महोत्सव सम्पन्न गर्न विद्यार्थीले विद्यालयसँगै ७० हजार रुपैयाँ ऋण लिएका थिए ।
महोत्सवमा खाद्य परिकार बिक्रीबाट संकलित रकममध्ये ऋण फिर्ता गरी बँचेको रकम विद्यार्थी कल्याण कोषमा जम्मा गरिने विद्याथी निशान्त कार्कीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button