तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली सेनाद्वारा एकताका लागि दौड प्रतियोगिता सम्पन्न

वीरगञ्ज । नेपाली सेनाको मध्यपृतनापति गणले वीरगंजमा आयोजना गरेको म्याराथन प्रतियोगितामा नेपाली सेनाकै खेलाडीहरुको बर्चश्व देखिएको छ ।

‘एकताको लागि दौडःस्वस्थ देश–स्वस्थ मधेस’ नारासहित आज आयोजित म्याराथन दौड प्रतियोगिाको ४२ किलोमिटरमा भएको दौडामा नेपाली सेनाकै खेलाडीहरुले प्रथम, दोस्रो र तेस्रो स्थान ल्याएका छन् भने २१ किलोमिटरको पुरुष र महिला तर्फ पनि नेपाली सेनाकै खेलाडीहरुले पहिलो,दोस्रो र तेस्रो स्थान हासिल गरेका छन् ।

पुरुष ४२ किलोमिटर तर्फ सेनाका खगेन्द्र भाट प्रथम, राजन रोकाया द्वितिय,हरिकुमार रिमाल तृतिय भएका छन् । ४२ किलोमिटरको दौडमा प्रथम हुने भाट रु २ लाख, दोश्रो हुने रोकायाले रु १ लाख ५० हजार र तृतिय हुने रिमालले रु १ लाख नगद र शिल्ड तथा प्रमाणपत्र पाप्त गरेका छन् ।

४२ किलोमिटरका खेलाडीहरु बाराको पिलुवाबाट कलैया हुदै वीरगंज स्थित नेपाली सेनाको ब्यारेकमा पुगेका थिए भने बाकी अन्य समुहको दौड वीरगंजबाट शुरु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button