तपाईँ सुन्दै हुनुहुन्छः

खुमलटार युथ क्लबको दोस्रो जीत

काठमाडौं । राजधानीमा जारी शहीद स्मारक बी डिभिजन लिग फुटबलमा खुमलटार युथ क्लबले लगातार दोस्रो जीत दर्ता गरेका छ ।

एन्फा मैदान सातदोबाटोमा शुक्रबार भएको खेलमा खुमलटारले रानीपोखरी कर्नर टिम आरसीटीमाथि ३–० को जीत दर्ता गरेको हो । आरसीटी १० खेलाडीमा सीमित भएको थियो ।

खुमलटारलाई जीत दिलाउन सविन केसीले २ तथा महेश थापाले एक गोलको योगदान गरे । ३६ औं मिनेटमा आरसीटीका कप्तान अमर डंगोल रातो कार्डको पाउदै मैदान बाहिरिएपछि १० खेलाडीमा सीमित भएको थियो । पहिलो हाफमा २ गोल गरेको खुमलटारले दोस्रो हाफमा १ गोल मात्रै थप्न सक्यो ।

यो सिजन ए डिभिजन लिग उक्लने लक्ष्य लिएको आरसीटीलाई भने पराजयले घाटा लागेको छ । आरसीटीले २ खेलबाट एक अंक मात्रै लिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button