तपाईँ सुन्दै हुनुहुन्छः

सुर्खेतमा जीप दुर्घटना,  एकको मृत्यु, चार जना घाईते

सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिका–९ झुल्केमा आज जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

नेपालगञ्जदेखि जामुनेबजार जाँदै गरेको लु १ ज ४०७९ नम्वरको जीप झुल्केमा दुर्घटनामा परी घाइते हुनु भएका सिम्ता गाउँपालिका–९, का २४ वर्षिय भुपाल खत्रीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

दुर्घटनामा चार जना घाइतेको अवस्था सामान्य रहेको प्रहरी नायव उपरीक्षक (डीएसपी) रवि रावलले जानकारी दिनुभयो ।

उहाँका अनुसार जीप अनियन्त्रित भई सडकको बायाँ भित्तामा ठोकिन जाँदा दुर्घटना भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button