तपाईँ सुन्दै हुनुहुन्छः

माइभ्याली गोल्कप आजदेखि सुरु

इलाम । माइभ्याली गोल्कपको छैटाँै संस्करण आजदेखि इलामको ठुलो टुडिखेलमा सुरु भएको छ ।

उद्घाटन खेलमा कोहिमा इगल फुटबल क्लब नागाल्याण्ड र गोर्खा व्वाइज फुटबल क्लब रुपन्देहि बीच प्रतिस्पर्धा भइरहेको छ ।

खेलको उद्घाटन प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङबोको प्रमुख आतिथ्यता र क्लबका अध्यक्ष धिरेन चेम्जोङको अध्यक्षतामा भएको छ ।

प्रतियोगितामा नेपालको छ वटा र चार वटा विदेशी टिमले प्रतिस्पर्धा गर्नेछन । प्रतियोगिताको फाइनल आगामी फागुन २४ गते हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले नगद आठ लाख, उपविजेताल पाँच लाख प्राप्त गर्नेछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button