तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभाको बैठकमा अध्यागमन विधेयक पेश

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा अध्यागमन विधेयक, २०७६ पेश भएकोछ ।

बैठकमा गृह मन्त्री रामबहादुर थापाका तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विधेयक सभा समक्ष पेश गर्नुभएको हो ।

यसैगरी बैठकले पारमाणविक विधेयक २०७५ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्व सम्मतीले स्वीकृत गरेको छ ।

विधेयकको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिनुहुँदै मन्त्री पोखरेलले नेपालमा रेडियो धर्मी पदार्थको प्रयोग स्वास्थ्य, कृषि, उद्योग र पुरातात्विक क्षेत्रमा प्रयोग हुने गरेको जानकारी दिनुभयो ।

मन्त्री पोखरेलले नेपालमा सन १९२३ मा पहिलो पटक एक्स–रे (X-ray) मेसिन प्रयोगमा आएको उल्लेख गर्नुहुँदै यो विधेयक मुलुकको हितका लागि आवश्यक रहेको बताउनुभयो ।

बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापाले पिछडिएको क्षेत्र, समुदाय, संस्कृति र राष्ट्रिय सम्पदाको अवस्था सम्वन्धमा कर्णाली प्रदेशको स्थलगत अध्ययन भ्रमण तथा अन्तरक्रिया कार्यक्रमहरुको प्रतिवदेन, २०७६ सभा समक्ष पेश गर्नुभयो ।
राष्ट्रिय सभाको अर्को बैठक यही फागुन २० गते दिनको २ बजे बस्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button