कर्मचारी अभावका कारण प्रदेश सरकार अगाडी बढ्न सकेन : मुख्यमन्त्री पौडेल

मकवानपुर । बागमती प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारलाई कर्मचारी अभाव रहेको बताउनुभएको छ ।
अन्तर प्रदेश लोकसेवा आयोगको प्रथम कार्यशाला गोष्ठीको बिहीबार हेटौंडामा उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले जनसक्ति अभावका कारण प्रदेश सरकार अगाडी वढ्न नसकेको बताउनुभयो ।
प्रदेश सरकारले काम गर्न सकेन, पैसा खर्च गर्न सकेन भन्नेकुरा कर्मचारी अभावका कारण भएको मुख्यमन्त्री पौडेलको भनाई थियो ।
बागमती प्रदेशमा लोकसेवा आयोग मार्फत कर्मचारी भर्ना गर्ने र समस्या समाधान गर्ने अभियानमा आफुहरु लागेको समेत उहाँले वताउनुभयो । सवै प्रदेशमा कर्मचारी भर्ना प्रकृयामा एकरुपता हुनु पर्ने मुख्यमन्त्री पौडेलले वताउनुभयो ।
अहिलेसम्म लोकसेवा आयोगले आफ्नो गरिमा कायम राखेको भन्दै मुख्यमन्त्री पौडेलले प्रदेशका लोकसेवा आयोगले त्यसलाई कायम राख्नुपर्ने उहाँले बताउनुभयो । जनताले विश्वास गर्ने आयोगका रुपमा प्रदेश लोकसेवाले काम गर्नु पर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा लोकसेवा आयोगका पूर्व सदस्य डाक्टर गोविन्द कुसुमले लोकसेवा आयोगका काम, कर्तव्य र अधिकार तथा आगामी दिनमा गर्न सक्ने कामका विषयमा सहजीकरण गर्नुभएको थियो ।

बागमती प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेश मान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ, काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, बागमती प्रदेशका प्रमुख सचिव तोयम राय, प्रदेशसभाका सचिव शामशरण घिमीरे, विभीन्न प्रदेश लोकसेवा आयोगका अध्यक्ष तथा सदस्यहरु, बागमती प्रदेश सरकारका सचिवहरु, सुरक्षा निकायका प्रमुखहरु, प्रदेश लोकसेवा आयोग गठन भएका अन्य प्रदेशका अध्यक्ष एवम् सदस्यहरु, उक्त प्रदेशका प्रमुख सचिव सहितको सहभागिता रहेको छ ।
कार्यक्रम बागमती प्रदेश लोकसेवा आयोगको आयोजनामा कार्यक्रम भएको हो ।








प्रतिक्रिया राख्नुहोस्