तपाईँ सुन्दै हुनुहुन्छः

आर्मी क्लबले जित्यो राइनो कप फुटबलको उपाधि

नवलपुर । त्रिभुवन आर्मी क्लबले राइनो कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई बुधबार १–० ले हराउँदै आर्मी च्याम्पियन बनेको हो ।

नवलपुरको मध्यविन्दु रंगशालामा सुदिल राईले सातौं मिनेटमा गरेको गोल नै खेलको निर्णायक बनेको थियो ।

यता फाइनल खेल्दै गरेको पुलिसको अर्को टोली धरानमा जारी बुढासुब्बा गोल्डकपमा पनि सेमिफाइनल पुगेको छ । बुढासुब्बामा पुलिसले बिहीबार फाइनल प्रवेशका लागि लिग च्याम्पियन सानमिगल मछिन्द्र क्लबको सामना गर्नेछ ।

राइनो कपको विजेता आर्मीले १० लाख र दोस्रो पुलिसले ५ लाख रुपैयाँ प्राप्त गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button