तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

सल्यान । सल्यानमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । जिल्लाको सिद्ध कुमाख गाउँपालिका १ मोख्लाका २९ वर्षिय रमेश बुढाथोकीको ज्यान गएको हो ।

मोख्लाबाट पटारे आउदै गरेको रा ३ प ८८८८ नम्बर मोटर साइकल पटारेखोलामा दुर्घटना भएको हो । बुधबार बिहान बुढाथोकी मृत्त फेला परेकाले मंगलबार राती दुर्घटना भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

दुर्घटना थप अनुसन्धान भई रहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button