दिल्लीमा नयाँ नागरिकतासम्बन्धी कानुनको पक्ष र विपक्षमा प्रदशन : ज्यान गुमाउनेको संख्या १७ पुग्यो

नयाँदिल्ली । नागरिकता विधेयकलाई लिएर भारतमा पछिल्लो समय दुई पक्षबीच मच्चिएको हिंसामा ज्यान गुमाउनेको संख्या १७ पुगेको छ ।
उत्तर–पूर्वी दिल्लीमा आइतबारदेखि फैलिएको हिंसामा परी मंगलबारसम्ममा १३ जनाको मृत्यु भएको थियो भने आज विहान थप चार जनाको मृत्यू भएको हो । अस्पतालमा उपचाररत केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या थप बढ्ने अनुमान गरिएको छ ।
सोमबार ८१ र मंगलबार ६९ जना प्रदर्शनकारी घाइते भएका छन् । अस्पताल लगिएका यीमध्ये केहीको अवस्था गम्भीर छन् ।
भारत सरकारले ल्याएको नागरिकतासंशोधन कानुनपछि उत्तर–पूर्वी दिल्लीका बासिन्दा विभाजित भएका छन् । उनीहरू त्यसका सवल र दुर्वल पाटोको वकालत गर्दै सडकमा निस्किएका छन् । दुई समूह पक्ष र विपक्षमा उभिएपछि यसले हिंसात्मक स्वरूप ग्रहण गरेको हो ।

दिल्ली उच्च अदालतको २५ र २६ फेब्व्रेबरीका रात सुनाएको फैसल्ला पछि भारतमा प्रर्दशनहरु भइरहेका छन् ।
संशोधित कानुनमा भारतसँग सीमा जोडिएका अफगानिस्तान, बंगलादेश र पाकिस्तानबाट धार्मिकरुपमा प्रताडित भएर भारतमा शरण लिँदै आएका हिन्दु, बौद्ध, शिख, जैन, फारसी र क्रिश्चियनलाई भारतको नागरिकता दिने उल्लेख छ । तर, यसमा मुस्लिम उल्लेख छैन । त्यसैले यो व्यवस्था विभेदकारी भएको भन्दै भारतमा विरोध भइरहेको छ । यो कानुनको पक्षमा रहेकाहरुले भने अफगानिस्तान, बंगलादेश र पाकिस्तानमा मुस्लिम समुदाय अल्पसंख्यक नभएको र सरकारबाट प्रताडित हुन पनि नपरेकाले उनीहरुलाई भारतीय नागरिकता नदिइएको तर्क गर्दै आएका छन्।

यो कानुनको विरोध बीचमा केही मत्थरजस्तो देखिए पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भारत भ्रमणको पूर्वसन्ध्यादेखि चर्किएको हो ।भारत सरकारको नागरिकतासम्बन्धी संशोधित कानुन विभेदकारी भएको भन्दै मुस्लिम बहुल देशहरुले संयुक्त राष्ट्रसंघको ध्यानाकर्षणसमेत गराएका छन् । आज बुधबार विहानै भने हिंसाको कुनै खरब प्राप्त भएको छैन ।








प्रतिक्रिया राख्नुहोस्