तपाईँ सुन्दै हुनुहुन्छः

मनमायाँ राई खानीडाँडा विमानस्थलमा परिक्षण उडान सफल

खोटाङ । खोटाङको मनमायाँ राई खानीडाँडा विमानस्थल मर्मतपछि परिक्षण उडान गएिको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित विमानस्थलमा पहिरोको कारण अवरुद्ध भएको झण्डै २१ महिनापछि नेपाल एयरलाईन्सको जहाजले परिक्षण उडान गरेको हो ।

नेपाल एयरलाईन्सको जहाजले मंगलबार सफल रुपमा परिक्षण उडान गरेको हो । विमानस्थलको डिलको माटो कटान हुँदा रन–वेसम्मको भाग भासिएपछि मर्मत गरिएपछि विमानस्थलमा काठ्माण्डौंबाट संविधानसभा सांसद एबं प्रदेशसभा सांसद रामकुमार राई, प्रदेशसभा सांसद उषाकला राई सहित आएको जहाजले सफल परिक्षण उडान गरेको हो ।

२०७५ साल जेठ १ गतेको भारी वर्षाका कारण ड्रेन (ढल) थुनिएपछि रन–वेमा जमेको पानी फुटेर बाहिरिँदा बिमानस्थलको दक्षिणीतर्फको डिलबाट पहिरो सुरु भएपछि विमानस्थल अवरुद्ध भएको थियो । कटानका कारण बिमानस्थलको रन–वेभन्दा २÷३ मिटर नजिकसम्मको भाग भासिएपछि कान्छाराम कन्ट्रक्सनले करिब साँढे ६ करोडमा विमानस्थल मर्मतको काम पुरा गरेको हो ।

परिक्षण उडानका क्रममा आयोजित कार्यक्रममा सहभागी जनप्रतिनिधि, नेता तथा स्थानीयले खानीडाँडामा नियमित उडानका लागि नेपाल वायु सेवा निगमका प्रतिनिधि समक्ष माग गरेका छन् । प्रदेशसभाका सांसद रामकुमार राई र उषाकला राई, जिसस प्रमुख बबी चाम्लिङ, नेकपाका सचिव रामप्रसाद दंगाल, जिल्ला कार्यालय सदस्य जलसेर राई लगायतले खानीडाँडा–काठ्माण्डौं मात्र नभएर खानीडाँडा–बिराटनगर उडानका लागि व्यवस्था मिलाउन आग्रह गर्नुभएको छ ।

नेपाल वायु सेवा निगमका अप्रेसन विभाग प्रमुख दिपुराज ज्वारचनले भने खानीडाँडा विमानस्थलमा मंगलबार र शनिबार नियमित उडानको व्यवस्था मिलाईने बताए । २०७२ साल असारमा कालोपत्रे गरिएको हो । २०७५ साल जेठदेखि अवरुद्ध विमानस्थल नियमित उडानका लागि तयार भएपछि जिल्लाबासी उत्साहित भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button