तपाईँ सुन्दै हुनुहुन्छः

मनाङ मर्स्याङदी बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा

धरान । मनाङ मर्स्याङदी क्लब बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

धरान रंगशालामा भएको खेलमा मनाङले बेलवारी फुटबल क्लवलाई चार शुन्यले हरायो । एकतर्फि जस्तो बनेको खेलमा मनाङको जितमा दयानन्द सिंहले दुई गोल गरे भने निशान लिम्बु र विमल रानाले एक एक गोल गरे ।

पहिलो हाफमा दुई गोलको अग्रता बनाएको मनाङले दोस्रो हाफमा पनि दबाव दिएको थियो । जसमा उसले थप दुई गोल गर्यो । दोस्रो हाफको सुरुवातमा नै मनाङले तेस्रो गोल गर्न सफल भयो ।

५३ औं मिनेटमा मनाङका लागि दयानन्दले गोल गरे । त्यसपछि ६७ औं मिनेटमा चौथो गोल थप्यो । फेरी पनि दयानन्द सिंहले गोल गरे । त्यसपछि बेलबारी खेलमा फर्कन सकेन र मनाङले अन्तिम चारमा प्रवेश गर्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button