तपाईँ सुन्दै हुनुहुन्छः

सङ्घीयता कार्यान्वयनले गति लियो’

बिर्तामोड । प्रदेश नं १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले सङ्घीयता नयाँ विषय भएकाले कार्यान्वयनमा केही अलमल देखिए पनि यसले गति लिएको बताउनुभएको छ ।

सम्वाद समूहले आज झापाको बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले मुलुकमा स्थानीय, प्रदेश र सङ्घीय सरकार गरी तीन सरकार रहेका र सबैले कानून निर्माण गर्ने कामलाई तीव्रता दिएकाले अब विकासका कामले गति लिने विचार व्यक्त गर्नुभयो । प्रदेश नं १ मा अब थोरै मात्र कानून बन्न बाँकी रहेको उहाँको भनाइ छ ।

प्रदेश प्रमुख अधिकारीले सबैको भावनाको प्रतिनिधित्व हुने गरी प्रदेशको नामाकरण हुने बताउनुभएको छ । शान्ति, सहिष्णुता, सामाजिक सद्भावलाई ख्याल गर्दै प्रदेशको नामाकरणको काम अगाडि बढिरहेको बताउनुभयो । प्रदेश सभाको चालू अधिवेशनले प्रदेशको नामाकरण टुङ्ग्याउनेमा आफू विश्वस्त रहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button