तपाईँ सुन्दै हुनुहुन्छः

वागमती गोल्डकप फुटबलको उपाधि जावलाखेल युथलाई

मकवानपुर । जावलाखेल युथ क्लबले तेस्रो वागमती गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

मकवानपुरको फापरबारीमा आइतबार भएको फाइनलमा अर्को ए डिभिजन टोली यति हिमालयन शेर्पालाई १–० ले हराउँदै जावलाखेल च्याम्पियन बनेको थियो ।

४९ औं मिनेटमा ड्याडी जुनियरले गरेको गोल खेलको निर्णायक बनेको थियो । हिमालयनका गोलकिपर छिरिङ लामाको गल्तीको फाइदा उठाउँदै जुनियरले गोल गरेका थिए ।

वागमती गाउँपालिका खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगिताको विजेता जावलाखेलले ६ लाख रुपैयाँ प्राप्त गरेको हाम्रा संवाददाता कृष्णउदास खनालले जनाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button