सानीभेरी गाउँपालिकाले सञ्चालनमा ल्यायो १५ सैयाको अस्पताल

रुकुम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले १५सैयाको अस्पताल सञ्चालनमा ल्याएको छ । गाउँपालिकाको वडा नं. ७ छोटेबगरमा अस्पताल सञ्चालनमा ल्याएको हो ।
संविधानमा व्यवस्था भएको प्रत्येक नागरिकको आधारभुत स्वास्थ्य सेवालाई सुनिश्चित गर्नका लागि आफ्नै लगानीमा अस्पताल सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष नगरबहादुर पुनले जानकारी दिनुभयो ।
अस्पताल सञ्चालनमा आएपछि अब सानीभेरी गाउँपालिकावासीले गाउँमै चिकित्सकीय सेवा पाउने भएका छन् ।
गाउँपालिकाले अस्पतालका लागि एमबिबिएस डाक्टर कविन बस्नेतलाई नियुक्त गरेको छ ।
अस्पतालबाट आकस्मिक सेवा, ल्याव सेवा, एक्सरे सेवासहित आधारभुत चिकित्सकीय सेवा प्रदान हुने गाउँपालिकाका स्वास्थ्य संयोजक छविलाल केसीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्