तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभाको आजको बैठक पनि प्रमुख प्रतिपक्षी दलको अवरोधका कारण स्थगित

काठमाडौँ  । प्रतिनिधिसभाको आजको बैठक पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण स्थगित भएको छ ।

सभामुखले बैठकको कारवाही प्रारम्भ भएको घोषणा गर्नासाथ नेपाली कांग्रेसका सांसदहरु आ–आफनो स्थानमा उठेर बिरोध जनाईरहेपछि आजको बैठक स्थगित भएको हो ।

सभामुखले बिरोध जनाईरहेका नेपाली कांग्रेसका सांसदहरुलाई बिजयकुमार गच्छदार बिरुद्धको मुद्दा संबैधानिक आयोगले गरेको निर्णय र अदालतमा गईसकेको बिषय भएकाले संसदले त्यसको निरुपण गर्ननसक्ने भन्दै बैठक सुचारु गर्न पटक पटक आग्रह गरिरहँदा पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरु बिरोध जनाईरहेपछि अवरोधको अवस्थामा बैठक चल्न नसक्ने भन्दै सभामुखले बैठक मंगलबार बस्नेगरी आजको बैठक स्थगित गर्नुभयो ।

अख्तियार दुरुपयोग अनुसंधान आयोगले ललिता निवास जग्गा प्रकरणमा नेपाली कांग्रेसका उपसभापति एवं सांसद बिजयकुमार गच्छदार बिरुद्ध मुद्दा दायर गरेपछि विभेदपूर्ण व्यवहार भएको भन्दै नेपाली कांग्रेसले आजसहित प्रतिनिधिसभाको बैठक तीन दिन अवरुद्ध गरिसकेको छ ।

प्रतिनिधी सभाको अर्को बैठक माघ २८ गते मंगलबार दिनको १ः०० बजे बस्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button