तपाईँ सुन्दै हुनुहुन्छः

नेकपाले मात्रै न्याय, समानता र समृद्धि दिन सक्छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा बाहेक अरु कसैले न्याय, समानता र समृद्धिका लागि उद्देश्यमूलक रुपमा काम गर्न नसक्ने बताउनुुभएको छ ।

अखिल नेपाल महिला सङ्घको एकता घोषणा तथा केन्द्रीय समितिका पदाधिकारीहरुको शपथ ग्रहण समारोहमा प्रधानमन्त्री ओलीले सरकारले विकास निर्माणलाई गति दिएकाले आगामी आम निर्वाचनमा दुई तिहाइ ल्याउनबाट नेकपालाई कसैले रोक्न नसक्ने बताउनुुभयो ।

उहाँले पार्टीभित्र सबै नेताहरु एकता र एकमतका साथ मुलुकको समृद्धिको लक्ष्य लिएर अघि बढेको बताउनुुभयो ।

प्रधानमन्त्री ओलीले नेकपाले नै सङ्घर्ष गरेर हरेक निकायमा ३३ प्रतिशत महिला सहभागिता स्थापित गरेको उल्लेख गर्नुहुँदै छाउपढी जस्ता कुप्रथा अन्त्यका लागि मनमस्तिष्कदेखि लाग्नुपर्नेमा जोड दिनुुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button