काउन्सिलर बन्न कडा प्रतिष्पर्धा : माघ २५ गते निर्वाचन हुँदै
काठमाडौँ-नेपाल कानून व्यवसायी परिषद्को पार्षद (काउन्सिलर) निर्वाचनमा वाग्मती प्रदेशमा प्रगतिशील र लोकतान्त्रिक समूहबीच कडा प्रतिस्पर्धा हुने भएको छ ।
निर्वाचन यही माघ २५ गते हुँदैछ । बृहत प्रगतिशील एवं समावेशी समूहका उम्मेदवार वरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञवाली र बृहत लोकतन्त्रवादी कानून व्यवसायी समूहका उम्मेदवार वरिष्ठ अधिवक्ता गुणनिधि न्यौपाने प्रतिष्पर्धा हुनुहुन्छ ।
देशभर २५ निर्वाचन केन्द्रबाट करीब १० हजार वरिष्ठ अधिवक्ता र अधिवक्ताले मतदान गर्न पाउनेछन् । तीमध्ये सात हजार २२४ मतदाता वाग्मती प्रदेशमा छन् । तीमध्ये प्रगतिशील पक्षमा चार हजारभन्दा बढी मतदाता रहेका बताइएको छ । दुवै उम्मेदवार कानून व्यवसायीका बीच लोकप्रिय भएका कारण प्रतिष्पर्धा कडा हुने देखिन्छ ।
मतदाता बढी भएकाले आफूले चुनाव जित्नेमा डा ज्ञवाली ढुक्क हुनुुहुन्छ । आफूले ३० वर्षभन्दा बढी कानून पढाएकोले विद्यार्थीबीच निकटताका कारण निर्वाचन जित्नेमा न्यौपाने आशावादी हुनुहुन्छ । मत आआफ्नै पक्षमा पार्नका लागि दुवै उम्मेदवारले चुनावी प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ ।
प्रगतिशीलतर्फका उम्मेदवार वरिष्ठ अधिवक्ता ज्ञवालीले आफू काउन्सिलर पदमा निर्वाचित भएमा परिषद्लाई ‘कानूनी बौद्धिक पुञ्ज’ का रूपमा विकास गर्न पहल गर्ने चुनावी प्रतिबद्धता छ ।








प्रतिक्रिया राख्नुहोस्