तपाईँ सुन्दै हुनुहुन्छः

चितवन प्रिमियर लिग : सौराहा विरुद्द माडीको सहज जीत

चितवन ।  शुक्रबारबाट शुरु भएको सिएमसी चितवन प्रिमियर लिग (सिपिएल) टि २० क्रिकेट प्रतियोगितामा माडी टाइगर्सले बिजयी सुरुवात गरेको छ । प्रतियोगिता अन्तर्गत शनिबार सम्पन्न खेलमा माडीले सौराहा स्याण्ड्सलाई ६ विकेटले पराजित गरेको हो ।

सौराहाले दिएको ७० रनको झिनो लक्ष्यलाई माडीले ११/२ ओभरमा ४ विकेट गुमाउँदै पुरा गर्यो । माडीलाई सहज जीत दिलाउन खडक बोहराले ३३ रनको योगदान गरे । उनले केबल २३ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ३३ रन बनाए । यस्तै सुरज चापागाईले १४ तथा प्रविण भुर्तेल र कृष्ण कार्कीले समान १२/१२ रन बनाए । सौराहाका राजु पौडेलले २ ओभरमा ११ रन खर्चिदै २ विकेट लिए भने सुवर्ण भट्ट र ड्यानिस इक्बालले समान १/१ विकेट हात पारे ।

यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको सौराहा खराब प्रदर्शन गर्दै ७ बल बाँकी रहदा ६९ रनमाअल आउट भएको थियो । ३ रनमापहिलो विकेट गुमाएर धर्मराएको सौराहाको इनिङ कुनै पनि ब्याट्सम्यानले उकास्न सकेनन् । कप्तान सन्तोष न्यौपाने व्यक्तिगत ३ रनमापहिलो विकेटको रुपमा आउट भए । तल्लो क्रमका ब्याट्सम्यानअनुजचनराले ३३ रन बनाउनबाहेक अरुको प्रदर्शन विर्सन लायक रह्यो । अनुजले २१ बलमा २ छक्का प्रहार गरे ।

राजु पौडेलले १४ तथा ड्यानिस इक्बालले १० रन बनाएभने अन्य ब्याट्सम्यानले दोहोरो अंकपनि भेटाउन सकेनन् । सौराहाको इनिङ ध्वस्त बनाउन माडीका बिशाल पौडेल र कृष्ण कार्कीले समान ३/३ विकेट लिए । कसिलो बलिङ गरेका कृष्णले ४ ओभरमाजम्मा १० रन खर्चिए । समान ओभर गरेका बिशालले १५ रन खर्चिए । यस्तै खडक बोहराले २ तथासिमान्त घिमिरे र हेमराज पौडेलले समान १/१ विकेट लिए । ३ विकेट लिएका माडीका कृष्ण कार्कीले म्यानअफदिम्याच घोषित भए ।

प्रतियोगिताअन्तर्गत आइतबार २ खेल हुनेछ । आइतबार पहिलो खेलमा बिहान ९ बजे इच्छाकामना वारीयर्स र माडी टाइगर्स तथा दिउँसो १ बजे राप्ती ¥यापिडस र भरतपुर गुर्खाज भिड्ने आयोजक नारायणी एड्भर्टाइजिङ एण्ड इभेन्ट्सका प्रबन्ध निर्देशक राजु चौधरीले जानकारी दिए ।

२५ गतेसम्म चल्ने प्रतियोगितामाचितवनका ५ टिमहरु भरतपुर गुर्खाज, सौराहा स्याण्ड्स , राप्ती ¥यापिडस,माडी टाइगर्स र इच्छाकामना वारियर्सको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले रु दुईलाखसहित ट्रफी प्राप्तगर्नेछ भने उपविजेताले रु एक लाख पाउने छ ।

यस्तै बिभिन्नबिधामाउत्कृष्ट हुने खेलाडीहरुले पनि पुरस्कार प्राप्तगर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट अलराउण्डरले पनि पुरस्कार प्राप्तगर्नेछन् । यस्तै हरेक दिनको म्यान अफदिम्याचले ट्रफी प्राप्तगर्नेछ । प्रतियोगिताका उत्कृष्ट तीन खेलाडीलाई नेपालकै सबैभन्दा ठूलो व्यवसायिक लिग एभरेष्ट प्रिमियर लिग (इपीएल)को टिम चितवन टाइगर्सबाट खेल्न पाउने व्यवस्था मिलाइएको आयोजकले बताएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button