सेनाको हेलिकप्टरबाट एकै दिन दुई जना सुत्केरीको उद्धार

बाजुरा । बाजुरा जिल्लाको दुर्गम गाउँ साप्पाटा र गोत्रीबाट सेनाको हेलिकप्टरबाट एकै दिन दुई जना सुत्केरीको उद्धार गरिएको छ ।
स्वामी कार्तिक खापर गाउँपालिका वडा न २ फयाल गाउँकी गिता बिक र जगन्नाथ गाउँपालिका वडा न ५ बेहरडाडा गाउँकी २१ बर्षिया श्रृजना सार्की एकै दिन उद्धार गरिएको हो ।
साप्पाटा फयाल गाउँकी गिताले घरमै बच्चा जन्माएको र स्वास्थ्य संस्थामा नगएकाले उच्च रक्तश्राप भएका कारण गाउँको स्वास्थ्य चौकीमा उपचार हुन नसक्ने भएका कारण हेलिकप्टरमार्फत नेपालगंज उपचारका लागि लगिएको जिल्ला अस्पताल बाजुराका प्रमुख रुपचन्द्र बिश्वकर्माले बताउनुभयो ।
चौँथो सन्तानका रुपमा छोरोको जन्म दिएकी ३५ बर्र्षीया बिकको अत्याधिक रक्तश्रावका कारण आमा र छोराको ज्यान जोखिममा परेको थियो ।
त्यसैगरी गोत्रीकी श्रृजनाको १५ गते देखिको लामो सुत्केरी व्यथा लागेको र पहिलो गर्भवती भएकीले पाठेघरको मुख नखोलिदा समस्या भएको कारण उनलाई पनि हेलिकप्टरमार्फत उद्धार गरिएको गोत्री सामुदायिक स्वास्थ्य ईकाइका प्रमुख अमर बुढाले बताउनुभयो ।
पाठेघरको मुख नखुलेको र दुखाई बढि भएकोले गाउँमा उपचार सम्भव नभएपछि उनलाई उपचारका लागि नेपागंजस्थित कोहलपुर मेडिकल कलेजमा लगिएको हो ।
शुक्रबार दिउँसो स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष चीरन्जिवी शाही र जगन्नाथ गाउँपालिका अध्यक्ष कालीबहादुर शाहीले खबर गरे लगत्तै आफुले मन्त्रालयमा फोन गरेको र महिला बालबालिका तथा जेस्ठ नागरिक मन्त्रालयले तत्कालै नेपाली सेनाको हेलिकप्टर पठाएको प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले बताउनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्