सभापति देउवाद्वारा कोरोना सङ्क्रमणबाट सतर्कताका लागि अपिल
काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले चीनको उहान सहरका नेपालीलाई उद्धार गर्न सरकारलाई अनुरोधसहित कोरोना सङ्क्रमणबाट सतर्कताका लागि सार्वजनिक अपिल गर्नुभएको छ ।
आज वक्तव्यमार्फत सभापति देउवाले कोरोना भाइरस सङ्क्रमणको जोखिम र पूर्वसतर्कताबारे नेपाल सरकारले विविध माध्यमबाट नागरिकलाई सचेत बनाउन व्यापक सूचना सम्प्रेषण गर्न जरुरी रहेको उल्लेख गर्नुभएको छ ।
उहाँले नेपाल प्रवेश गर्ने सबै अन्तर्राष्ट्रिय नाकामा विशेष ‘हेल्थ डेस्क’ प्रभावकारी ढङ्गले सञ्चालन गर्न आग्रह गर्दै चीनको उहान शहरमा रहेका करीब १०० नेपाली विद्यार्थीसँगै अन्य नेपालीलाई स्वदेश फर्काउन सरकारले कुनै गम्भीरता नदेखाउनु दुःखद भएको बताउनुभयो ।






प्रतिक्रिया राख्नुहोस्