प्रेस स्वतन्त्रता सेनानी गुप्ताको निधन
नेपालगञ्ज-बाँकेको नेपालगञ्ज निवासी प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्ताको गएराति निधन भएको छ । उहाँको गएराति साढे ८ बजे बाँकेको नेपालगञ्ज शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
९१ बर्षीय गुप्तालाई हिजो साँझ एक्कासी वान्ता भएपछि उपचारका लागि अस्पताल लगिएको थियो । स्थानीय किरण साप्ताहिकका सम्पादक गुप्तालाई नेपाल पत्रकार महासंघले एक दशकअघि प्रेस स्वतन्त्रता सेनाको उपाधि दिएको थियो । गुप्ताको भोली विहान १० बजे दाहसंस्कार गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ ।







प्रतिक्रिया राख्नुहोस्