सहिद दिवसका अवसरमा व्यास नगरपालिकामा सार्वजनिक बिदा

तनहुँ । तनहुँको व्यास नगरपालिकाले माघ १६ गते सहिद दिवसका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बुधबार एक सुचना जारि गर्दै व्यास नगरपालिकाले सहिदहरूको सम्मान गर्दै बिदा दिने निर्णय गरेको हो ।
व्यास नगरपालिकाले गत दुई वर्षदेखि लगातार माघ १६ गते सहिद दिवसको दिन हरेक वर्ष व्यास नगरपालिका वडा नम्बर ५ देखि व्यास नगरपालिका वडा नम्बर ८ पुलिमराङ सम्म ४४ किलोमिटरको व्यासनगर अट्रा म्याराथन गर्दै आएको छ ।
सहिद दिवसका दिन व्यास नगरपालिका अन्तर्गतका सम्पुर्ण वडा कार्यालय, स्वास्थ्य संस्था एवं शैक्षिक संस्थाहरु बन्द रहने व्यास नगरपालिकाले जनाएको छ ।
देशका लागि जीवन बलिदान गर्ने सहिदहरूप्रति सम्मान व्यक्त गर्दै हरेक वर्ष माघ १६ गते सहिद दिवस मनाउने गरिएको छ ।
नेपाल सरकारले सहिद दिवसका दिन पहिले सार्वजनिक बिदा दिने गरिएको थियो । तर केन्द्रीय सरकारले बिदाहरू कटौती गर्ने क्रममा सहिद दिवस बिदाको सूचीबाट हटाइएको छ ।
नागरिक स्वतन्त्रताको माग गर्दा विसं. १९९७ माघ १० गते राति १२ बजे काठमाडौंको टेकु पंचलीस्थित खरीको रूखमा शुक्रराज शास्त्रीलाई झुन्डयाएर हत्या गरिएको थियो ।
त्यसैगरी, माघ १३ गते सिफलमा धर्मभक्त माथेमा तथा गंगालाल श्रेष्ठलाई र दशरथ चन्दलाई माघ १५ गते शोभा भगवतीमा तत्कालीन राणाशासकले गोली हानेर मृत्युदण्ड दिएका थिए ।








प्रतिक्रिया राख्नुहोस्