सभामुख सापकोटाले लिनुभयो शपथ
काठमाण्डौ । राष्ट्रपति बिद्यादेबी भण्डारीले नवनियुक्त सभामुख अग्निप्रसाद सापकोटालाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको छ ।
राष्ट्रपति कार्यालय शितल निवासमा सोमबार आयोजित विशेष समारोहमा नवनियुक्त सभामुख सापकोटाले शपथ लिनुभएको हो ।
समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री, मन्त्रीहरु, सुरक्षा निकायका प्रमुखहरु, सांसदहरु, उच्चपदस्थ व्यक्तिहरुको उपस्थिति थियो ।








प्रतिक्रिया राख्नुहोस्