लागुऔषध र मदिरा नियन्त्रित कर्णाली प्रदेश बनाइने
सुर्खेत-कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले कर्णाली प्रदेशलाई लागुऔषध निषेधित र मदिरा नियन्त्रित प्रदेश बनाइने जानकारी दिनुभएको छ ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आयोजित ‘स्थानीय तहका जनप्रतिनिधिका लागि विपद्् व्यवस्थापनसम्बन्धी प्रदेशस्तरीय अभिमुखीकरण’ कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै उहाँले लागुऔषध कारोवार तथा प्रयोगमा पूर्ण निषेध गरिने बताउनुभएको हो ।
मदिराको खुला कारोवारले घरेलु हिंसाजन्य अपराध बढाएको भन्दै मन्त्री भण्डारीले विक्रेता र सेवनकर्ताको लागि निश्चित मापदण्ड बनाउने तयारीमा प्रदेश सरकार रहेको उल्लेख गर्नुभयो ।कार्यक्रममा कर्णालीमा विपद्को जोखिम तथा विपद् न्यूनीकरणका लागि प्रदेशले निर्माणको निर्देशिकाबारे छलफल गरिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्